मिलान । च्याम्पियन्स लिगको सेमिफाइनलको पहिलो लेगमा बार्सिलोना र इन्टर मिलान बराबरीमा रोकिएका छन । इन्टर मिलानविरुद्ध दुई पटक पछि परेको स्थितिलाई उल्टाउँदै बार्सिलोनाले रोमाञ्चक बराबरी गरेको हो । सेमिफाइनलको पहिलो लेगमा इन्टर मिलानसँग ३–३ को बराबरी गर्दै बार्सिलोनाले फाइनल खेल्ने सम्भावना जिवित राखेको हो ।
खेलको ३० सेकेन्डमा इन्टर मिलानका मार्कस थुमरले च्याम्पियन्स लिगको इतिहासको सेमिफाइनलमा सबैभन्दा छिटो गोलको कीर्तिमान बनाए । २१ औँ मिनेटमा डम्फ्रिचले एक गोल थपे । २४ औँ मिनेटमा लामिन यामालले बार्सिलोनाका लागि एक गोल गरे । ३८ औँ मिनेटमा फेरान टोरेसले गोल थप्दै खेल बराबरीमा ल्याए ।
६३ औँ मिनेटमा डम्फ्राइजले इन्टरका लागि एक गोल थपे । ६५ मिनेटमा बार्सिलोनाका राफिन्हाले २५ यार्डबाट गरेको प्रहार बारमा लाग्न पुग्यो । जुन प्रहार इन्टरका गोलरक्षक यान सोमरको ढाडमा लाग्दै जाली चुमेपछि खेल बराबरीमा सकियो ।