>

धरौटी बुझाएर अदालतबाट निस्किए रवीन्द्र मिश्र

काठमाडौँ । गत १५ चैतमा काठमाण्डूको तीनकुने क्षेत्रमा राजावादी समुहले गरेको प्रदर्शनलाई अराजक र हिशांत्म बनाउन भुमिका खेलेको आरोप लागेका राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का बरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र धरौटी बुझाएर अदालतबाट ।

काठमाण्डू जिल्ला अदालतकी न्यायाधीश तारादेवी महर्जनको एजलासले उनलाई ३ लाख धरौटीमा छाड्न आदेश दिएको थियो । लगत्तै, उनी धरौटी बुझाएर अदालतबाट बाहिरिएका हुन् ।

Photo of the Remarkables mountain range in Queenstown, New Zealand.

राप्रपाका वरिष्ठ उपाध्यक्ष समेत रहेका मिश्र आज आफैं अदालत उपस्थित भएका थिए । मिश्रविरुद्ध यही जेठ ११ गते राज्य विरुद्धको कसुर, आपराधिक उपद्रव, सङ्गठित अपराध र एकीकृत कसुरमा सजाय हुन माग दाबी गरी मुद्दा दर्ता भएको थियो ।

गत चैत १५ गते राजावादीले आयोजना गरेको प्रदर्शन भड्किएर हिंसात्मक बनेको थियो । २ जनाको मृत्यु हुने गरी भएको घटनामा मिश्रले उत्तेजक अभिव्यक्ति दिएका थिए ।

Photo of the Remarkables mountain range in Queenstown, New Zealand.

Leave a Reply

Your email address will not be published. Required fields are marked *