काठमाडौँ । काठमाडौँ महानगरपालिकाका निलम्बित नगर प्रहरी प्रमुख राजुनाथ पाण्डेको निलम्बनविरुद्धको रिटमाथि बुधबार उच्च अदालत पाटनमा छलफल हुँदैछ।
पाण्डेले जेठ २५ गते आफ्नो निलम्बनविरुद्ध उच्च अदालत पाटनमा रिट दायर गरेका थिए। जेठ २७ गते प्रारम्भिक सुनुवाइ गर्दै अदालतले अन्तरिम आदेशबारे छलफल गर्न दुबै पक्षलाई बुधबार बोलाएको हो।
पाण्डेले काठमाडौँ महानगरपालिकाका मेयर, उपमेयर, प्रशासकीय अधिकृत सरोज गुरागाईं, निमित्त नगर प्रहरी प्रमुख विष्णु जोशी र नगर कार्यपालिका कार्यालयलाई विपक्षी बनाएका छन्।
प्रशासकीय अधिकृत गुरागाईंले जेठ २० गते पाण्डेलाई ६ महिनाका लागि निलम्बन गरेका थिए। चैत २१ गते कार्यालयमा हुलहुज्जत गरेको आरोपमा जेठ ६ गते उनलाई स्पष्टीकरण सोधिएको थियो।