>

‘देशको जिम्मेवारी तरुणको काँधमा छ’ : डा. कोइराला

नवलपुर (नवलपरासी) । नेपाली काँग्रेसका नेता डा.शेखर कोइरालाले तरुणहरूको काँधमा देशको जिम्मेवारी रहेको बताएका छन् ।

नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को गैँडाकोटमा आज आयोजित नेपाल तरुण दलको पूर्णकालीन सदस्यता वितरण कार्यक्रममा उनले भविष्यमा देशको नेतृत्व युवाले गर्ने भएकाले राष्ट्रलाई केन्द्रमा राखेर काम गर्न उनीहरूलाई आह्वान गरे।

Photo of the Remarkables mountain range in Queenstown, New Zealand.

राष्ट्र, राष्ट्रियता र लोकतन्त्रको सुदृढीकरण तथा देशको आर्थिक विकासका निम्ति युवा वर्गले सचेत भएर काम गर्नुपर्ने उनको भनाइ थियो । यसैबीच, नेता कोइरालाले शुक्रबार प्रस्तुत आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम अक्षरस: कार्यान्वयनमा जोड दिएका थिए ।

चितवनमा पत्रकारहरूसँग कुरा गर्दै उनले नीति तथा कार्यक्रममा समावेश भएका कार्यक्रम उपयोगी रहेका र तिनको अक्षरस: कार्यक्रम अपरिहार्य छ भने। नीति तथा कार्यक्रम कार्यान्वयन पक्ष फितलो हुनहुनेमा उनको जोड थियो ।

Photo of the Remarkables mountain range in Queenstown, New Zealand.

फरक प्रसङ्गमा उनले पार्टीको १५औँ महाधिवेशन तोकिएको समयभित्रै गर्नुपर्ने बताए। महाधिवेशनले पार्टीलाई एकताबद्ध बनाउने बताउँदै उनले महाधिवेशनबाट पार्टी अझ सशक्त बन्ने विश्वास व्यक्त गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *