काठमाडौं । सुनचाँदी क्षेत्रले भोग्नु परेको समस्या र दिर्घकालिन समाधानबारे राष्ट्रिय भेलाको आयोजना गरिने भएको छ । यहि वैशाख २७ गते देशभरका सुनचाँदी व्यवसायी तथा कालिगढहरुको सहभागितामा काठमाडौंमा राष्ट्रिय भेलाको आयोजना गरी दिर्घकालिन समाधानको उपाय खोजि गरिने व्यवसायीहरुले बताएका छन् ।
काठमाडौंमा आयोजित आम व्यवसायीहरुको प्रतिनिधिमूलक भेलाले अहिलेको सुनको कोटा प्रणाली र वितरण व्यवस्थाले व्यवसाय धरासयी हुने अवस्थामा पुगेकाले ५० ग्राम देखि वैंक मार्फत नै सुन किन्ने ऐन नियमको माग गर्दै राष्ट्रिय भेलाको आयोजना गरिएको भेला नेपाल सुनचाँदी व्यवसायी महासंघका निर्वमान उपाध्यक्ष विपिन रामुदामुले बताए ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका निवर्तमान उपाध्यक्ष विपिन रामुदामु, व्यवसाय अगुवाहरु रामप्रसाद लकान्द्री, टंक बराईली, अर्जून विश्वकर्मा लगायतको उपस्थितीमा भएको भेलाले राष्ट्रिय भेलाको आयोजना गरेर व्यवसायी हक हित पैरवी गर्ने शक्ति निर्माण गरेर व्यवसायी तथा उपभोक्ता मैत्री सुनचाँदी ऐन निर्माणमा दवाव दिएर जाने जाने जनाएको छ ।