>

आज विश्व प्रेस स्वतन्त्रता दिवस मनाइँदै

काठमाडौं । आज नेपाल लगायत विश्वभर प्रेस स्वतन्त्रता दिवस मनाइँदै छ । ‘स्वतन्त्र एवं बहुलवादी प्रेसका लागि विन्डहक घोषणापत्र’ जारी गरेको दिनको सम्झनामा हरेक मे ३ तारिखलाई प्रेस स्वतन्त्रता दिवसको रुपमा मनाउने गरिएको छ ।

सन् १९९३ मा युनेस्कोको आयोजनामा अफ्रिकी राष्ट्र नामिबियाको विन्डहक शहरमा भएको वरिष्ठ पत्रकार,पत्रकारिताका प्राध्यापकहरू र स्वतन्त्रताका पक्षपातीहरूको सहभागितामा यो घोषणापत्र जारी गरिएको थियो ।

Photo of the Remarkables mountain range in Queenstown, New Zealand.

नेपालमा पनि विभिन्न कार्यक्रम गरी यो दिवस मनाउने गरिएको छ । नेपाल पत्रकार महासंघले आज विभिन्न कार्यक्रमको आयोजना गरेको छ । नेपालको संविधान २०७२ ले पूर्ण प्रेस स्वतन्त्रता सुनिश्चित गरेपनि पछिल्ला घटनाक्रमले संविधानमा लेखिएको पूर्ण प्रेस स्वतन्त्रताको ठाडो उल्लंघन भैरहेको छ ।

देशभर भइरहेका विभिन्न समूहरुको प्रदर्शनको निसानामा सञ्चारकर्मी परेका छन् । गत चैत १५ गते राजावादी प्रदर्शनको क्रममा प्रहरीकै अगाडी एभिन्यूजकर्मी सुरेश रजकको जलाएर हत्या गरिएको थियो । विभिन्न सञ्चार संस्थामा आगजनी समेत गरिएको थियो । नेपाल पत्रकार महासंघको तथ्यांकले पछिल्ला वर्ष प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथि बाधाअडचन बढ्दै गएको देखाएको छ ।

Photo of the Remarkables mountain range in Queenstown, New Zealand.

सन् २०२४ मार्च ४ यता हालसम्म ८४ वटा प्रेस स्वतन्त्रता उल्लंघनका घटना भएका छन् । यसमध्ये दुईजना पत्रकारले ज्यान गुमाएका छन् । २८ जनामाथि पत्रकार आक्रमण, २४ जना पत्रकारमाथि समाचार संकलनमा अवरोध, १३ जनामाथि धम्की र १५ जनालाई दुव्र्यवहार भएको महासंघले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *