>

के घर के डेराको `आँखा´ रिलिज

काठमाडौं । आगामी जेठ २ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको फिल्म ‘के घर के डेरा: घर नं २’को पहिलो गीत ‘आँखा’ सार्वजनिक गरिएको छ । गीतमा रिकेश गुरुङको पार्श्व गायन, राम अविरल विष्टको शब्द रचना तथा एसडी योगीको संगीत छ ।प्रेम गर्ने जोडीको भावना बोल्ने गीतको भिडियोमा फिल्मका मुख्य अभिनेता खगेन्द्र लामिछाने र उपासना सिंह ठकुरी चित्रित छन् ।

दीपेन्द्र के. खनालको निर्देशन तथा ‘कर्णाली ब्लुज’का लेखक बुद्धिसागरको लेखन रहेको फिल्ममा निश्चल बस्नेत, आर्यन सिग्देल, केकी अधिकारी, प्रकाश घिमिरे, श्रृजना नापित, संजोग रसाइली, रुविना घिमिरे, सुरज विष्ट लगायतको पनि अभिनय रहेको छ । फिल्मको निर्माताहरुमा नकिम उद्दिन, शरद श्रेष्ठ र किरण महर्जन छन् भने कार्यकारी निर्माता युवराज कार्की हुन् ।

Photo of the Remarkables mountain range in Queenstown, New Zealand.

फिल्ममा कृष्णबहादुर थापाको छायांकन, नहकुल खड्काको सम्पादन, केविका खत्रीको कोरियोग्राफी, सञ्जय थापाको द्वन्दव निर्देशन, जुनिम गहतराजको रंग संयोजन तथा शैलेस श्रेष्ठको ब्याकग्राउन्ड स्कोर रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *