काठमाडौं । नवनियुक्त शिक्षामन्त्री रघुजी पन्तले आफूले अब धेरै नबोल्ने बताएका छन् । बिहीबार शीतनिवासमा पथ तथा गोपनियताको सपथ लिएपछि सिंहदरबारस्थित मन्त्रालय पुगेर पदभार ग्रहण गरेर पन्तले आफूले बोल्ने भन्दा काम गरेर देखाउने दाबी गरे ।
पन्तले आफ्नो ध्यान आन्दोलनरत शिक्षकहरुका माग सम्बोधनमा केन्द्रित हुने बताए । वार्ता र संवादबाटै शिक्षकका समस्या समाधान गर्न सकिने उनको विश्वास थियो ।
‘शिक्षकका समस्याबारे जानकार छु । सबै विषयमा पहिला जानकारी लिन्छु,’ उनले भने, ‘अब बोल्ने भन्दा काम गर्ने हो ।’प्रधानमन्त्री केपी ओलीले काममा असहयोग गरेको भन्दै विद्या भट्टराईले सोमबार शिक्षामन्त्रीबाट राजीनामा दिएकी थिइन् ।
रिक्त पदमा प्रधानमन्त्री केपी ओलीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले बुधबार पन्तलाई मन्त्री नियुक्त गरेका थिए ।