काठमाडौँ । प्रतिनिधि सभाको बैठक अब बुधबारमात्र बस्ने भएको छ ।
सोमवार २ बजे बस्ने भनेको बैठक साढे ३ बजे बसेको थियो । तर विपक्षी दलहरुले विरोध कायमै राखेका कारण सभामुख देवराज घिमिरेले आधा घण्टाका लागि बैठक स्थगित गरेका थिए । आधा घण्टाका लागि स्थगित बैठक नबसी सूचना टाँस गरेर बुधवार १ बजेसम्मका लागि स्थगित भएको हो ।
भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखक मुछिएको आरोप लगाउँदै प्रतिपक्षी राजनीतिक दलहरुले केही समय यता संसद अवरोध गर्दै आएका छन् ।