>

गाउँ रित्तो भइसक्यो : सभापति देउवा

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गाउँ रित्तो भइसकेको बताएका छन् ।

सोमवार पार्टी केन्द्रिय कार्यालय सानेपामा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै देवाले यस्तो बताएका हुन् । देउवाले अहिले गाउँ रित्तिसकेको र गाउँमा बस्न कोही तयार नरहेको बताए । सबै तराईमा आइसकेको उल्लेख गर्दै पहाडमा बस्न कोही तयार नरहेको देउवाको भनाई छ ।

Photo of the Remarkables mountain range in Queenstown, New Zealand.

पहाडमा सुविधा दिन सकेको खण्डमा सबैले मन पराउने बताए । सभापति देउवाले नेपालको सबै क्षेत्रको विकासलाई ध्यानमा राखेर योजनाहरु बनाउनुपर्नेमा जोड दिएका छन् । जलवायु परिवर्तनका कारण नेपालमा धेरै ठूलो असर परिरहेको, हिउँ पग्लिरहेको, हिमाल नाङ्गो भइसकेको देउवाले बताए ।

सभापति देउवाले यसले भविष्यमा नेपाललाई ठूलो असर पर्ने भन्दै नेपाल जलवायु परिवर्तनबाट सबैभन्दा बढी प्रभावित हुने मुलुक रहेको उल्लेख गरे । जलवायु परिवर्तनको समस्या नेपालमा विकराल रहेको भन्दै देउवाले जंगल बचाउँदा बचाउँदै पनि जलवायु परिवर्तनको असर ठूलो रहेको उल्लेख गरे ।

Photo of the Remarkables mountain range in Queenstown, New Zealand.

सभापति देउवाले अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले जलवायु परिवर्तनको असरलाई नमान्ने गरेको र बेकारको कुरा भनिरहेको बताए । ट्रम्प पेरिस सम्झौताको विरुद्धमा रहेको देउवाको भनाई छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *