>

गगन थापालाई ओलीको जवाफः सरकार बचाइदिनुप-यो भनेर हिंडेको छैन

काठमाडौं । प्रधानमन्त्री केपी ओलीले आफ्नो दल एमाले सरकार बचाइदिनुप¥यो भन्दै नहिंडेको बताएका छन् । पार्टी सम्वद्ध युवा संघले बिहीबार राजधानीमा गरेको ‘युथ सेलिब्रेसन’ कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले उनले सरकार बचाउन नहिंडेको बताए ।

उनको भनाइ काँग्रेस महामन्त्री गगनकुमार थापा लक्षित थियो । लोकतन्त्र दिवसका अवसरमा बिहीबारै राजधानीमा आयोजित अर्को कार्यक्रममा थापाले धेरै कम्पमाइज गरेर सरकार नबस्ने बरु बाहिरिन सक्ने अभिव्यक्ति दिएका थिए ।

Photo of the Remarkables mountain range in Queenstown, New Zealand.

आफूहरुले राष्ट्रियतकारे स्पष्ट अडान लिएका कारण विदेशीका दलालहरु एमालेविरूद्ध लागेको उनको टिप्पणी थियो । सरकार बनाउ, सरकार बचाउ भन्दै नहिंडेको उल्लेख गर्दै ओलीले मिसन–०८४ का लागि लाग्न कार्यकर्तालाई निर्देशन दिए । ‘सरकारको बारेमा धेरै चिन्ता गर्ने होइन । चुनावको बारेमा चिन्ता गर्नुपर्छ । यसैकारण एमालेले सरकार बनाऊ, सरकार बचाउ भनेर कराएको छैन । ढुक्कले मिसन २०८४मा लाग्नुस्,’ उनले भने ।

लोकतन्त्रमा सरकार निश्चित समयका लागि बन्ने भन्दै उनले सरकार जान्छ भन्दै हिंडिएकामा आपत्ति जनाए ।

Photo of the Remarkables mountain range in Queenstown, New Zealand.

‘लोकतन्त्रमा सरकार कति समयका लागि बन्छ ? पाँच वर्ष । अनि यो तानाशाही व्यवस्था त होइन । अधिनायकवाद त होइन । ५० वर्षको वंशको शासन हुन्छ । सय वर्षको हुन्छ । २५० वर्षका लागि हुन्छ । १०४ वर्षका लागि हुन्छ,’ ओलीले भने, ‘हाम्रो राष्ट्रियताप्रतिको दृष्टिकोणले, अडानले र हाम्रो संघर्षका कारणले । अर्को जनपक्षीयताको कारणले लोकतान्त्रिक आचरण, अभ्यास, दृष्टिकोण र देशलाई अगाडि बढाउने स्पष्ट नीतिका कारणले विभिन्न प्रकारका शक्तिहरू हामीसँग भयभीत भएका छन्। दिनैपिच्छे अनेक प्रकार भ्रम फिँजाउन खोजिरहेका छन् ।’

ओलीले एमाले र कांग्रेसले एउटा संकल्पसहित सरकार बनाएको बनाएको दाबी गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *