>

प्रतिनिधि सभाको बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची

काठमाडौँ । प्रतिनिधि सभाको बैठक सोमवार बस्ने भएको छ । संघीय संसद् नयाँ बानेश्वरमा दिउँसो २ बजे बस्ने तय भएको छ।

आजको सम्भावित कार्यसूचीमा सभामुखले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभारसम्बन्धी पत्रहरूको बेहोरा पढेर सुनाउने रहेको छ ।

Photo of the Remarkables mountain range in Queenstown, New Zealand.

त्यस्तै, राज्य व्यवस्था तथा सुशासन समितिका माननीय सभापति रामहरि खतिवडाले ‘संघीय निजामती सेवा विधेयक सम्बन्धी समितिको प्रतिवेदन, २०८२’ पेस गर्ने कार्यसूची छ ।

यसैगरी उपप्रधानमन्त्री तथा अर्थ मन्त्री विष्णुप्रसाद पौडेलले वक्तव्यसहित “आ.व. २०८२/०८३ को राजश्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल प्रारम्भ गरियोस्” भन्ने प्रस्ताव प्रस्तुत गर्ने तथा आ.व. २०८२/०८३ को राजश्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल प्रारम्भ गर्ने कार्यसूची छ ।

Photo of the Remarkables mountain range in Queenstown, New Zealand.

आइतवार १ बजेका लागि बोलाइएको बैठक साढे ५ घण्टा ढिलो गरी सुरु भए पनि प्रतिपक्षी दलहरूले अवरोध गरेपछि सभामुख देवराज घिमिरेले प्रतिनिधि सभाको बैठक स्थगित गरेका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *