काठमाडौँ । नेपाली काँग्रेसका सांसद डा. प्रकाशशरण महतले शिक्षकहरूले आन्दोलन स्थगित गरेर विद्यार्थीको शिक्षा आर्जन गर्ने अधिकार प्राप्तिका लागि सघाउनुपर्ने बताएका छन्।
शुक्रवार प्रतिनिधि सभाको बैठकबाट बाहिरिने क्रममा सञ्चारकर्मीसँग कुराकानी गर्दै पूर्वअर्थमन्त्री समेत रहेका सांसद महतले यस्तो बताएका हुन्।
उनले शिक्षकका जायज र राज्यले थेग्न सक्ने मागहरू सम्बोधन गरिनुपर्ने समेत बताए। उनले विद्यालय शिक्षा ऐन टुङ्ग्याउन अझै केही समय लाग्ने भएकाले शिक्षकहरूले सहजीकरण गरिदिनुपर्ने बताए।
उनले सरकारतर्फबाट वार्ता गरेर तत्काल पूरा गर्न सकिने माग पूरा गर्ने र नसकिने विषयमा शिक्षकहरूलाई सम्झाउन जरुरी रहेको बताएका छन्।