>

सबै पाकिस्तानीलाई ४८ घन्टाभित्र भारत छाड्न निर्देशन

जम्मू–कश्मीरको पहलगाममा मंगलबार भएको आतंकवादी हमलापछि भारतले पाकिस्तानी नागरिकहरूमाथि कडा कदम चालेको छ । केन्द्रीय सुरक्षा परिषद्को बुधबार बसेको आकस्मिक बैठकले भारतमा रहेका पाकिस्तानी नागरिकलाई ४८ घन्टाभित्र देश छाड्न निर्देशन दिएको हो ।

भारतीय विदेश मन्त्रालयका सचिव अजय मिस्रीका अनुसार यो निर्देशन सार्क राष्ट्र विशेष भिसा (एसभिइएस) प्रयोग गरी भारत आएका पाकिस्तानी नागरिकहरूलाई लक्षित गरी दिइएको हो । अबदेखि त्यस्ता विशेष भिसा ननवीकरणीय हुने र पूर्वमा जारी गरिएका भिसाहरू पनि रद्द गरिने निर्णय भएको उनले जानकारी दिए।

Photo of the Remarkables mountain range in Queenstown, New Zealand.

अन्य पाकिस्तानी नागरिकलाई पनि १ मे अगाडि नै भारत छाड्न निर्देशन दिइएको छ । यसैबीच भारतले पाकिस्तानसँगको सिधा यातायात सम्पर्क पनि पूर्णरूपमा बन्द गरेको छ । दुई देशबीचको हवाई सेवा यसअघि नै बन्द छ । एक मात्र खुला रहेको अटारी जमिन नाका पनि बन्द गर्ने निर्णय गरिएको अधिकारीहरुलाई उद्धृत गर्दै भारतीय सञ्चार माध्यमले जनाएका छन् ।

विदेश सचिव मिस्रीले नाका पूर्ण रूपमा बन्द हुनुअघि भारतमा रहेका पाकिस्तानी नागरिक उक्त नाका भएर आफ्नो देश फर्कन सक्ने बताए । पाकिस्तानले सीमा पार आतंकवादमा समर्थन जारी राखेकाले यस्तो निर्णय गरिएको सचिव मिश्रीले बताए । यस्तै भारतले नयाँ दिल्लीस्थित पाकिस्तानी उच्च आयोगका रक्षा तथा सैन्य सल्लाहकारलाई ‘पर्सोना नन ग्राटा’ घोषणा गर्दै एक साताभित्र देश छाड्न आदेश दिएको छ ।

Photo of the Remarkables mountain range in Queenstown, New Zealand.

इस्लामाबादस्थित भारतीय दूतावासमा कार्यरत आफ्ना सैन्य सल्लाहकारलाई पनि फिर्ता बोलाउने निर्णय गरिएको छ । मंगलबार जम्मू–कश्मीरको पहलगाममा पर्यटक बोकेको बसमाथि भएको आतंकवादी हमलामा एक नेपालीसहित २६ जनाको मृत्यु भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *