अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले तेस्रो पटक राष्ट्रपति चुनाव लड्ने विचार गरिरहेको भन्ने कुरा अस्वीकार गरेका छन् ।
ट्रम्पले एनबीसी टिभी नेटवर्कमा एक अन्तर्वार्तामा उनले आफू दुई कार्यकालसम्म राष्ट्रपति रहने तर तेस्रो पटक राष्ट्रपति नहुने स्पष्ट पारेका हुन् । गत शुक्रबार फ्लोरिडास्थित आफ्नो निवासबाट रेकर्ड गरिएको अन्तर्वार्तामा ट्रम्पले आफूलाई पदमा रहिरहने विचार गर्न मानिसहरूबाट धेरै ‘अनुरोध’ आएको दाबी भने गरेका छन् ।
उनले उपराष्ट्रपति जेडी भान्स र विदेशमन्त्री मार्को रुबियो लगायतले आफ्नो ठाउँ लिन सक्ने धेरै रिपब्लिकनहरूको सूची पेस गरेका छन् । अमेरिकी संविधानको २२ औँ संशोधनले ‘कुनै पनि व्यक्ति दुई पटकभन्दा बढी राष्ट्रपतिको पदमा निर्वाचित हुन पाउने छैन’ भनी उल्लेख गरेको छ । ७८ वर्षीय ट्रम्पले यसअघि अमेरिकी राष्ट्रपतिको रूपमा तेस्रो वा चौथो कार्यकालको लागि सेवा गर्ने चाहना राखेको अन्र्तराष्ट्रिय सञ्चारमाध्यमले बताउदै आएका थिए ।
उनले सो खबरलाई ‘फेका’ ट्रोलको संज्ञा दिएका थिए । उनको कम्पनी, द ट्रम्प अर्गनाइजेसनले ‘ट्रम्प २०२८’ लेखिएका टोपीहरू बेचिरहेको छ । जसले गर्दा जनवरी २०२९ मा आफ्नो दोस्रो कार्यकाल समाप्त भएपछि पनि उनी पदमा रहन खोज्न सक्छन् भन्ने अनुमानलाई बढावा दिएको थियो ।