>

उदयपुरमा बन्दै गरेको पक्की पुल भत्कियो, दुई करोड बराबरको क्षति

उदयपुर । आज बिहानदेखि परेको अविरल वर्षापछिको बाढीले यहाँको कटारी नगरपालिका–२ स्थित अमाहा खोलामा निर्माणाधीन पक्की पुलमा क्षति पुर्याएको छ ।

सिद्धिचरण राजमार्गअन्तर्गत सिमानपुर र कल्याणपुर जोड्ने निर्माणाधीन पक्की पुलमा क्षति पुगेको सो वडाका वडाध्यक्ष प्रेम थापा क्षेत्रीले जानकारी दिए । ‘प्रिस्टेड’ प्रविधिद्वारा निर्माणाधीन पुल बाढीका कारण भाँचिएको छ ।

Photo of the Remarkables mountain range in Queenstown, New Zealand.

इलाका प्रहरी कार्यालय कटारीका प्रहरी नायब उपरीक्षक कमल बजगाईका अनुसार पुल भाचिँदा २ करोड बराबरको क्षति भएको अनुमान गरिएको छ । “ दुई करोड बराबरको क्षति पुगेको “प्रारम्भिक अनुमान गरिएको छ, अर्को बनाउनुको विकल्प छैन”, उनले भने, “प्राविधिक मूल्याङ्कनपछि वास्तविक क्षतिको विवरण आउँला ।”

मिर्चैया–कटारी–घुर्मी सडक योजनाका इन्जिनियर महेश साहका अनुसार पुल ढलान गरिएको १८ दिनमात्र भएको थियो । “त्यहाँ राखिएका तारहरु २८ दिनपछि तन्काउनुपर्ने हुन्थ्यो तर बाढीले क्षति पुर्याइदियो”, उनले भन ,“यसेको बिमा गरिएको हुन्छ अब निर्माण कम्पनीले दाबी गरेर काम अघि बढाउँछ ।”

Photo of the Remarkables mountain range in Queenstown, New Zealand.

पचास मिटर लम्बाइ र ११ मिटर चौडाइको पुलमुनि लगाइएको हृयुमपाइपमा थुनिएर जम्मा भएको पानीले फर्मा र टेका बगाउँदा पुल भाँचिएको उनको भनाइ छ । सूर्य एन्ड सन प्रालि धरानले दुई वर्षमा निर्माण सम्पन्न गर्नेगरी २०७९ असार २९ गते उक्त सडकखण्डअन्तर्गत पर्ने चारवटा पुल एकमुष्ट रु २८ करोड ९९ लाख ५२ हजारमा ठेक्का लिएको थियो ।

उनले पार्टीका नेतालाई आफूलाई दोष लगाउनु भन्दा आफ्नो निर्वाचन क्षेत्रको काम टुंग्याउन आग्रह गरे। उनले थपे, ‘मलाई दोष लगाउनुभन्दा तपाईँहरूले आफ्नो क्षेत्रमा गएर नवीकरणको काम टुंग्याउनुस् महाधिवेशन हुन्छ। हिजो मात्रै ताकेता गरेको छु वैशाख १५ भित्र सक्नु भयो।’

उनले क्रियाशील सदस्यको काम समयमै टुंग्याए पार्टीको महाधिवेशन तोकिएकै समयमा हुने उनको दाबी छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *