>

घट्यो सुनको मूल्य

काठमाडौं । अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा सामान्य गिरावट भएको छ । त्यसको प्रभाव स्थानीय बजारमा पनि परेको छ । गत शुक्रबारको तुलनामा आज तोलामा ३सय रुपैयाँले सुनको मूल्य घटेको छ । चाँदीमा भने प्रतितोला १०रुपैयाँले वृद्धि भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला सुनको मूल्य एक लाख ९० हजार ५ सय रुपैयाँ कायम भएको छ । त्यसैगरी, एक तोला चाँदी एक हजार ९७० मा बेचबिखन भइरहेको छ ।

Photo of the Remarkables mountain range in Queenstown, New Zealand.

शुक्रबार प्रतितोला सुन एक लाख ९० हजार ८ सय रुपैयाँ र त्यति नै परिमाणको चाँदी एक हजार ९६० रुपैयाँमा कारोबार भएको थियो । अन्तर्राष्ट्रिय बजारमा आज एक औँस सुन तीन हजार २७१ अमेरिकी डलरमा कारोबार भइरहेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *