>

सम्झौताको केही घण्टा नबित्दै भारत-पाकिस्तानबीच युद्धविराम उल्लंघन

भारत र पाकिस्तानले एक अर्कामाथि युद्धविराम ‘उल्लंघन’ को आरोप लगाएका छन् । शनिवार दुवै देशले सैन्य आक्रमणको केही दिनपछि युद्धविराममा सहमति भएको घोषणा गरेका थिए । भारत-प्रशासित कश्मीरमा विस्फोटको आवाज सुनेपछि भारतका परराष्ट्र सचिव विक्रम मिस्रीले भने, ‘हामीले प्राप्त गरेको समझदारीको बारम्बार उल्लंघन भएको छ ।’

त्यसको केही समयपछि प्रतिकृया दिंदै भारतले केही क्षेत्रमा उल्लंघन गरिरहे पनि युद्धविरामको निष्ठापूर्वक कार्यान्वयनमा प्रतिबद्ध रहेको पाकिस्तानी विदेश मन्त्रालयले जनाएको छ ।

Photo of the Remarkables mountain range in Queenstown, New Zealand.

गत चार दिनदेखि भारत र पाकिस्तानबीच भएको भिडन्त दशकौँकै सबैभन्दा गम्भीर सैन्य संघर्ष भएको बताइएको छ । ड्रोन, क्षेप्यास्त्र र तोपहरूको प्रयोग भारतले पाकिस्तान र पाकिस्तान-प्रशासित कश्मीरमा आक्रमण गरेपछि सुरु भएको थियो ।

भारतको यो कारबाही गत महिनाको पहलगाममा भएको एक घातक उग्रवादी आक्रमणको प्रतिक्रिया स्वरूप भएको थियो । पाकिस्तानले भने उक्त घटनामा आफ्नो संलग्नता अस्वीकार गर्दै आएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सोशल प्लेटफर्ममार्फत भारत र पाकिस्तानबीचको सम्झौता अमेरिकाको मध्यस्थतामा सम्भव भएको बताएका थिए।

Photo of the Remarkables mountain range in Queenstown, New Zealand.

पछि पाकिस्तानका विदेश मन्त्रीले पनि दुई देशबीच समझदारीमा सहमति भएको पुष्टि गर्दै भारत र पाकिस्तानबीच युद्धविराम सम्झौता भएको बताएका थिए । तर यो घोषणा केही घण्टापछि नै भारत-प्रशासित कश्मीरको श्रीनगर र जम्मु सहरमा बसोबास गर्ने स्थानीय र बीबीसीका पत्रकारहरूले विस्फोटको आवाज र आकासमा चमक देखिएको बताएका छन् ।

शनिवार साँझ भएको सहमतिको पछिल्ला केही घण्टामै बारम्बार उल्लंघन भएको भारतीय परराष्ट्र सचिव विक्रम मिस्रीले बताएका छन् ।

सचिव मिस्रीले एक पत्रकार सम्मेलनमा भारतीय सशस्त्र बलले सम्झौता उल्लंघनको ‘उपयुक्त जवाफ दिइरहेको’ बताउँदै पाकिस्तानलाई यी उल्लंघनको समाधान गर्न आह्वान गरेका छन् ।

त्यसको जवाफमा पाकिस्तानको विदेश मन्त्रालयका प्रवक्ताले पाकिस्तान र भारतबीच घोषणा गरिएको युद्धविरामको निष्ठापूर्वक कार्यान्वयनमा पाकिस्तान प्रतिबद्ध रहेको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *