>

रामकुमारी झाँक्रीले भनिन्-मसानघाट पुगेको राजतन्त्र फर्कन्न

काठमाडौँ । नेकपा एकीकृत समाजवादी स्थायी कमिटी सदस्य रामकुमारी झाँक्रीले मसानघाट गएको राजतन्त्र कुनै पनि हालत नफर्कने बताएकी छन् ।

एकीकृत समाजवादी प्युठानको १०औँ जिल्ला अधिवेशनलाई सम्बोधन गर्दै पूर्वमन्त्री समेत रहेकी झाँक्रीले दुई दशक अगाडि मसानघाट पुगेको राजतन्त्र कुनै पनि हालतमा नफर्कने बताएकी हुन् ।

Photo of the Remarkables mountain range in Queenstown, New Zealand.

लामो समय म्युजियममा थन्क्याएर राखेको व्यक्तिको पक्षमा अहिले सडकमा आन्दोलन गर्ने अवस्था आउनुमा राजनीतिक दलका नेताहरूको केही कमजोरी भएको भन्दै उनले लोकतन्त्रवादी राजनीतिक दलहरूले समीक्षा गर्नुपर्ने बेला भएको बताइन् ।

मुलुकमा यति धेरै परिवर्तन ल्याउन मुख्य भूमिका निभाउने राजनीतिक दलका नेतृत्व गर्ने नेताहरूले अब समीक्षा गरेर नसुध्रिए आगामी निर्वाचनमा लोकतान्त्रिक शक्तिहरूको अवस्था दयनीय हुने उनको तर्क छ ।

Photo of the Remarkables mountain range in Queenstown, New Zealand.

‘हामीसँग दुई वटा मात्रै विकल्प छन् । पहिलो सुध्रिने या दोस्रो सक्किने । दुई दशक पनि समय भएको छैन । हामीले ल्याएको परिवर्तनमाथि धावा बोल्ने काम कसका कारणले भयो,’ उनले भनिन्, ‘अब हामी समीक्षा नगर्ने र समयअनुसार परिवर्तन भएर चल्न सकिएन भने सडकमा हिँड्दा पनि जनताले चड्कन हान्ने दिन आउन सक्छ।’

राजनीतिक दलका नेताहरू नसच्चिने हो भने आगामी स्थानीय, प्रदेश र सघंको निर्वाचनमा राजनीतिक दलकै नेता तथा कार्यकर्ताहरू स्वतन्त्र उम्मेदवार बनेर मैदानमा देखिने उनको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *