>

जनतालाई खुशी दिन नसक्दा राजतन्त्रको माग गर्दै आन्दोलन भयो : नेता कोईराला

काठमाडौं । नेपाली काँग्रेसका सांसद डा. शेखर कोईरालाले जनतालाई खुशी दिन नसक्दा राजतन्त्रको माग गर्दै नागरिकहरुले प्रदर्शन गरेको बताएका छन् ।

झापामा शुक्रवार आयोजित एक कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । नेता कोईराले राजा फर्काउनुपर्छ भन्नेकुरा नेपालमा मात्र नभइ फ्रान्स लगायतका देशहरुमा पनि हुने गरेको भन्दै नागरिकहरु असन्तुष्ट हुँदा अहिले प्रदर्शन भएको बताए ।

Photo of the Remarkables mountain range in Queenstown, New Zealand.

गणतन्त्रले जनतामा आशा, भरोसा जगाउन सक्यो की सकेन भन्नेकुरामा ध्यान दिन जरुरी हुने बताए । उनले राजतन्त्र फर्किने आफूलाई विश्वास नरहेको जिकिर गरे । गणतन्त्रका रक्षकहरुले राम्रो काम गरेर देखाउनुपर्ने बताए ।

सांसद कोईरालाले अध्यादेशको विषयवस्तु भन्दा पनि संसद बोलाउने समयमा ल्याउनु गलत भएको बताए । उनले पाँच वटा अध्यादेश संसदबाट स्वीकृत भए पनि भूमि सम्बन्धी अध्यादेश किन् स्वीकृत नगरिएको भन्दै प्रश्न गरे ।

Photo of the Remarkables mountain range in Queenstown, New Zealand.

Leave a Reply

Your email address will not be published. Required fields are marked *