>

काठमाडौं सुनचाँदी व्यवसायी संघको वार्षिक साधारण सभा सम्पन्न (फोटोफिचर)

काठमाडौं । काठमाडौं सुनचाँदी व्यवसायी संघको २२ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । ‘सुनचाँदी ब्यवसायमा ऐक्यबद्धता, सम्पूर्ण कार्यविधिमा पारदर्शिता’ नाराका साथ सम्पन्न साधारणसभा सिल्भर वक ब्याङ्क्वेट गैरधारामा भएको थियो । साधारणसभाको बागमति प्रदेश सामाजिक विकास मन्त्री हरिप्रभा खड्गीले पानसमा बत्ती बालेर उद्घाटन गरेकी थिइन् ।

संघद्वारा जारी विज्ञप्ति जस्ताको त्यस्तै

Photo of the Remarkables mountain range in Queenstown, New Zealand.

संस्थाको परिचय
काठमाडौ जिल्लामा सुनचाँदी एबं बहुमूल्य तथा अर्धबहुमूल्य पत्थरहरु सम्बन्धी कारोवार गरीरहेका वा ब्यबसाय संचालन गरिरहँदा ब्यवसायीहरुमा समय समयमा आइपर्ने ब्यवसायगत समस्याहरुको समाधान गरि पेशागत ब्यबसायिक मौलिक अधिकारको सुनिश्चित गर्न,ब्यबसायिक नीति नियम निमार्ण गर्न, सरकारलाई नीति निर्माणमा सहयोग गर्न र ब्यबसायिक एकरुपता एबं पेशामा संलग्न ब्यवसायीहरु बिच सुसम्बन्ध र एक्यबद्धता कायम गर्न एवं संस्थागत सुशासन अनुरुप उपभोक्ता समेतको हकहितलाई मध्येनजर राखेर ब्यबसाय संचालन गर्नु, वाञ्छनीय भएकोले व्यवसायिक हकहित र पेशागत सुरक्षाका लागि विशुद्ध नाफा रहित उद्देश्य राखी २०५८ सालदेखी नेपाल सुनचा“दी ब्यवसायी संघ, काठमाडौं शाखाको रुपमा संचालन हुदै आएकोमा संस्थाको स्तरउन्नती र रुपान्तरण गर्दै महासंघको अवधारणा अनुरुप काठमाडौं सुनचाँदी ब्यवसायी संघ नामाकरण गरि ब्यबसाय र ब्यबसायीहरु बीचको स्वतन्त्र गैर सरकारी संस्थाको रुपमा २०६९-११-१० गते जिल्ला प्रसासन कार्यालय, जि.बि.स, समाज कल्याण परिषद्, महानगरपालीका र आन्तरिक राजस्व कार्यालयमा कर छुट संस्थाको रुपमा स्थापना गरि संचालन हुँदै आई रहेको छ।

सुनचाँदी ब्यवसायमा भई रहेका समस्याहरु :
नेपालमा परापूर्वकालदेखि सुनचाँदीको ब्यवसाय एक साना तथा घरेलु उद्योग (ज्यासल) को रुपमा एउटा पारिवारिक ब्यवसायको रुपमा संचालन हुँदै आएको थियो । तर विश्व नै आधुनिकिकरण हुँदै जाँदा यो ब्यवसायको पनि रुप रङ्ग र ब्यवसाय गर्ने शैली फरक हुँदै गएको छ । देशको विकास संगसंगै यस ब्यवसायमा पनि निरन्तर विकास हुँदै आएको छ । नेपालको कला, संस्कृति, धर्म, रिति रिवाज, आर्थिक सामाजिक क्षेत्रमा सुनचाँदी तथा गरगहनाले विशिष्ट स्थान ओगतेको छ । प्रत्येक्ष अप्रत्येक्ष पाँच लाख जनाले रोजगारी पाई रहेको यस ब्यवसायबाट लगभग बिस लाख जनसंख्या आश्रित रहेका छन् । समस्त देशभरी नै प्रत्येक घरघरमा सुनचाँदीका गरगहनाहरु रहने गरेको र प्रत्येक नेपालीले आप्mनो जिवनकालमा जन्मदेखि मृत्यु संस्कार सम्ममा प्रयोग गर्ने भएकोले प्रत्येक नेपालीको केही न केही सम्पत्ती सुनचाँदी गरगहनाका रुपमा रहेको हुन्छ । यसरी हेर्दा प्रत्येक नेपालीको जनजिवनमा सुनचाँदीको ठुलो महत्व रहेको छ । सम्पत्तीको रुपमा मात्र नरहेर यो ब्यवसाय उत्पादन, उपभोग, लगानी, आयात निर्यात, खरिद विव्रmी आदिका रुपमा नेपालको अर्थतन्त्रलाई चलायमान गर्न समेत योगदान दिई रहेकोमा यस ब्यवसायलाई निर्दिष्ट गरेर कानूनी सुरक्षा र नियमन गर्ने निकायको सर्वथा अभाव रहेको छ ।
नेपालको दैनिक सबैभन्दा बढी कारोबार हुने क्षेत्र शेयर बजार, घरजग्गा, बैंकिङ्ग र सुनचा“दीका गरगहना मानिन्छ । त्यसमध्ये अघिल्लो तीन क्षेत्रहरुमा नीति नियम, ऐन कानुन, मापडण्डहरु र निर्देशिकाहरु लगायत सम्पूर्ण नियमनकारी पद्धती जारी भई ब्यवस्थित रुपमा ब्यवसाय संचालन भईरहेको भएतापनि नगद सरह मानिने यस मध्येमा सुनचा“दी र हिरा जवाहरात ब्यवसाय सम्बन्धी कुनै पनि नीति नियम, ऐन कानुन र मापदण्डहरु नेपाल सरकारबाट ल्याउन नसकेकोमा हामी ब्यवसायीहरु, उद्यमीहरु र समस्त उपभोक्ता सम्बन्धित समेत सबै दुविधा र अन्यौलग्रस्त रुपमा कारोबार गर्न बाध्य भईरहेका छौं ।

Photo of the Remarkables mountain range in Queenstown, New Zealand.

देशको आर्थिक गतिविधिसँग सम्बन्धित सुनचाँदी जस्तो बहुमुल्य धातुसँगको कारोबार व्यवसायमा सरकारदेखि सर्वसाधारण उपभोक्तासम्मको आवश्यकतालाई पुरा गरी व्यवसायीहरुले आआफ्नो जिविका चलाई आएका छन् । व्यवसायका क्रममा धेरै किसिमका नीतिगत, व्यवहारिक, आर्थिक र शान्ती सुरक्षासँग सम्बन्धित समस्याहरु व्यवसायीहरुले भोग्दै आएका छन्। यस संघले आवश्यक नीति निर्माणमा जोड दिंदै सम्वन्धित निकाय र सरकारको ध्यान आकर्षित गर्दै समस्या समाधान गर्न पहल गर्दै आई राखेको छ ।

मुलुकी देवानी संहिता २०७४ र मुलुकी देवानी कार्यविधि संहिता २०७४ को कानूनी किताबको परिच्छेद १, दफा २५४ को(ख) मा सुनचाँदी, जवाहरात, बहुमूल्य रत्न पत्थर र सुनचाँदीबाट बनेका गरगरहना लाई चल सम्पत्तिका रुपमा स्पष्ट उल्लेख गरिएको छ । यसले सुनचाँदीका गरगहनाहरु भनेको नगद वा सो सरह नै चल सम्पत्ति हो भन्ने ब्याख्या भएको र चल सम्पत्तिका रुपमा यसको कारोबार ब्यवहारिक गर्नुपर्छ भन्ने कानूनी ब्यवस्था रहेको छ । तर आ.ब.२०८१÷०८२ को बजेटमा सुनलाई विलासिताको बस्तुमा खारिएको कारण यस आ.ब.मा शंसोधन गराई २% विलासिता कर खारेज गर्न पहल गरिदिनु हुन माननीयज्यू समक्ष अनुरोध गर्दछौं ।

सुनचाँदी ब्यवसाय पुस्तैनी ब्यवसाय भएतापनि पनि हाल सम्म पनि यस ब्यवसायको संचालनको लागि सरकारबाट कुनै पनि ऐन, नियम, निर्देशिका, नियमावली प्रकाशन गर्न सकेको छैन। तर अनावश्यक झन्झतिलो नियम भने लागु गरिरहेको छ । यस ब्यवसायको संचालनको लागि संघ संस्थाहरुले नै ग्राहकमुखी आचार संहिता बनाई हाल सम्म पनि उक्त आचारसंहिताको पालना गरि कारोबार गर्दै आई रहेका छन् । तर सरकारबाट अनावश्यक झन्झतिलो नियम लागु गर्दा ब्यवसायीहरुलाई ब्यवसाय गर्न कठिनाई भई सकेको छ । बहुमूल्य धातुको कारोबार गर्ने भएकोले २०७७ सालमा नेपाल सरकारबाट बहुमूल्य धातु वा वस्तुको कारोबार गर्ने ब्यवसायीहरुको लागि निर्देशिका जारी भएको थियो जसमा ब्यवसायीहरुलाई सुचक संस्था बनाइएको छ । सम्पत्ति शुद्धिकरण तथा आतंकबादी व्रिmयाकलापमा वित्तिय लगानी निवारण सम्बन्धी आन्तरिक राजस्व विभागबाट बहुमूल्य धातु वा वस्तुको कारोबार गर्ने ब्यवसायीले सुचक संस्थाको रुपमा १० लाख वा सो भन्दा माथिको कारोबार गर्ने ग्राहकको प्थ्ऋ भरेर ँक्ष्ग् मा १५ दिन भित्रमा प्रतिवेदन पठाउनु पर्ने जस्ता भंmझतीलो ब्यवस्थाले गर्दा सुनचाँदी ब्यवसाय गर्न असहज भएको अवस्था छ । यस निर्देशिका अनुसारका विभिन्न प्रावधानहरुमा सरलीकरण र जानकारीमूलक एवं भौतिक रुपमा पुरा गर्नुपर्ने सम्पूर्ण तयारीहरु पूरा नै नगरि कार्यान्वयनमा ल्याइएकोे छ । ब्यवासयीको काम भनेको नै ब्यवसाय गर्ने हो तर नियमक निकायले गुर्नुपर्ने कार्यहरु पनि ब्यवसायीलाई जिम्मा दिइएको छ । तसर्थ हामी ब्यवसायीहरुले ब्यवसाय मात्र गर्न पाउनु पर्ने वातावरण सृजना गर्न आवश्यक पहल गरिदिनु हुन अनुरोध गर्दछौं ।

सरकारले यी माथीका नियम लागु गर्दा सुनचाँदीको दरभाऊ तोलाको ८८,०००– हाराहारी थियो । तर हाल सुनचाँदीको दर भाउ १७००००– मा कारोबार भई रहेको छ । सुनचाँदीको दरभाउमा बृद्धी भई सकेको अवस्थामा दश लाखको कारोबार सिमालाई कम्तिमा पनि ५० लाख पु-याउन पहल गरिदिनु हुन हामी ब्यवसायीहरुको तर्फबाट माननीयज्यूको ध्यानाकर्षण गराउन चाहन्छौं ।

नेपाल सरकारले १५ वर्षदेखि सुनमा लगाएको कोटा प्रणाली र बैंकहरुले मात्रै आयात र विव्रmी गर्न पाउने नियन्त्रित बजारबाट ब्यवसायीहरुले ठूलो पीडा, अपमान र तिरस्कारको सामना गरिरहेको छ । यसको लागि नेपाल सरकारबाट छिटो भन्दा छिटो नियन्त्रित बजारको ब्यवस्था हटाउँदै खुल्ला बजार नीति अनुसार निजी क्षेत्रलाई समेत प्रतिस्पर्धा गर्न दिन अत्यन्त आवश्यक देखिएको छ ।

नेपालको सुन बजारमा दैनिक ३० के.जी सुन आवश्यकता छ तर नेपाल राष्ट्र बैंकबाट दैनिक २० के.जी. सुन मात्र उपलब्ध गराई रहेको छ । आपूर्ति कम र माग बढी भएको कारण यस क्षेत्रमा विभिन्न दुषित मनसाय भएका ब्यक्तिहरुको प्रवेश भई सुनचाँदीको कालोबजारी भई सम्पूर्ण ब्यवसायको बदनाम भै रहेको छ । नेपाल राष्ट्र बैंक र बैंकर्ष एशोसिएसनलाई समेत हामीेले सिजन र अफ सिजन अनुसार ब्यवसायीहरुको माग बमोजिम सुन आपूर्ति गर्न सुझाव र ज्ञापन पत्र बुझाई सक्दा समेत कार्यान्वयन भएको छैन । त्यसैले हामी सुनचाँदी ब्यवसायीहरुको माग बमोजिम सिजनको समयमा दैनिक ३० के.जी र अफ सिजनको समयमा २० के.जी सुन बैंक र ब्यवसायी मार्फत आपूर्ति गराउन सम्बन्धित निकायलाई ध्यानाकर्षण गराउन चाहन्छु ।

अन्तमा सुनचाँदी ब्यवसाय क्षेत्रमा देखिएका समस्याहरुलाई सम्बन्धित निकायसम्म पुग्ने गरि सक्दो सकारात्मक समाचार सम्प्रेषण गरि सहयोग गरिदिनु हुन समेत सम्पूर्ण पत्रकार महानुभावहरुलाई हार्दिक अनुरोध गर्दछौं । धन्यबाद ।।।

मिति : २०८० चैत्र ०९ गते शनिबार ।
स्थानः सिल्भर वक ब्यानक्वेट, गैरिधारा, काठमाडौं ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *