>

‘फोटो जलाउँदैमा गिरफ्तार गर्नु उचित हुँदैन’ : ‘प्रचण्ड’

काठमाडौँ । नेकपा माओवादी केन्द्रको अध्यक्ष तथा प्रमुख प्रतिपक्षी दलका नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’ले फोटो जलाउँदैमा गिरफ्तार गर्नु उचित नभएको बताएका छन् ।

पूर्वराजा ज्ञानेन्द्र शाहबारे आपत्तिजनक अभिव्यक्ति दिएको विरोधमा हिजो राप्रपाका युवा नेताले ‘प्रचण्ड’को फोटो जलाएका थिए ।

Photo of the Remarkables mountain range in Queenstown, New Zealand.

यसको नेतृत्व गर्ने राप्रपाका युवा नेता निराजन बमलाई प्रहरीले भरतपुर विमानस्थलबाट पक्राउ गरी हेटौँडा ल्याइएको छ । त्यसलाई संकेत गर्दै ‘प्रचण्ड’ले यो स्ट्याटस लेखेका हुन् । ‘प्रचण्ड’ले लेखेका छन्, ‘लोकतन्त्रमा विरोधका विभिन्न रूप हुन्छन् । फोटो जलाउँदैमा गिरफ्तार गर्नु उचित हुँदैन ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *