>

वडाध्यक्षमाथि रड प्रहार

पोखरा । पोखरा महानगरपालिका-२१ का वडाध्यक्ष दिपक सुवेदीमाथि एक पुरुषले रड प्रहार गरेका छन् । आइतबार सार्वजनिक जग्गामा बनाउँदै गरेको संरचना रोक्न गएका बेला आफूमाथि बाझिपोखरीका भूपेन्द्र गिरीले रड हानेको वडाध्यक्ष सुवेदीले बताए ।

आफूसँग गएका एक जनाले प्रतिरोध गरेकाले रडले चोट भने नलागेको उनले बताए ।

Photo of the Remarkables mountain range in Queenstown, New Zealand.

यता पोखराका मेयर धनराज आचार्यले यो घटनाको निन्दा गरेका छन् । घटनाले विकास र न्यायको मार्गमा ठूलो अवरोध सिर्जना गरेको भन्दै उनले संरचना हटाउन अनुरोध गर्दै कागजपत्र लिएर कार्यालय आउन अनुरोध गर्दा अटेर गरी उल्टै जनप्रतिनिधिलाई हातपात गर्नु गलत भएको उनले सामाजिक सञ्जालमा लेखेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *