>

अमेरिकामा ४ जना नेपाली मृत अवस्थामा फेला

अमेरिका । अमेरिकामा ४ जना नेपाली मृत अवस्थामा फेला परेका छन् । भर्जिनियाको मनासस पार्कस्थित एक घरमा दुई बालबालिका, एक महिला र एक पुरुष मृत अवस्थामा फेला परेका हुन् ।

मृत्यु हुनेका ३८ वर्षीय सन्तोष परियार ३६ वर्षीया अञ्जु श्रेष्ठ दुई वर्षीय बालक र ८ वर्षीया बालिका रहेका छन् । बालबालिकाको भने नाम खुलाइएको छैन ।

Photo of the Remarkables mountain range in Queenstown, New Zealand.

मनसास प्रहरीका अनुसार उनीहरू सबैको गोली लागेर मृत्यु भएको देखिएको र प्रहरीले यस घटनालाई हत्यापछि आत्महत्या भएको आशङ्कामा अनुसन्धान गरिरहेको छ ।

मनासास पार्क प्रहरीका अनुसार जुन ५ को राति अर्थात गत बिहीबार १० बजेर ४० मिनेटमा घरधनीले आफ्ना भाडामा बस्ने व्यक्तिहरूसँग सम्पर्क हुन नसकेपछि प्रहरीलाई खबर गरेका थिए । प्रहरीहरू अपार्टमेन्टमा प्रवेश गर्दा ४जनाको शव फेला परेको थियो ।

Photo of the Remarkables mountain range in Queenstown, New Zealand.

Leave a Reply

Your email address will not be published. Required fields are marked *