>

झापाका विद्यार्थीले दिएको मन्तव्यको अन्तर्राष्ट्रिय चर्चा, हिटलरको शैलीसँग तुलना

विर्तामोड । अहिले झापाका एक जना विद्यार्थीले विद्यालयको वार्षिकोत्सवमा दिएको मन्तव्यले राष्ट्रिय र अन्तर्राष्ट्रियस्तरमै चर्चाको विषय बनेको छ । धुलाबारीको होलिबेल स्कुलको २४औं वार्षिकोत्सवका अवसरमा २८ फागुनमा कक्षा १० मा पढ्ने १६ वर्षीय विद्यार्थी आविष्कार राउतले दिएको मन्तव्य राष्ट्रिय र अन्तराष्ट्रिय स्तरमा चर्चाको बिषय बनेको छ ।

उनको मन्तव्यको भिडियो खिच्ने झापाका सञ्चारकर्मी विजय बरालका अनुसार, उनले राउत अध्ययनरत् विद्यालयको वार्षिकोत्सवको पूरा भिडियो खिचेका थिए । उनी भन्छन, ‘कार्यक्रमकोबीचमा विद्यार्थीहरूले अभिभावक र अन्य उपस्थितसामू विभिन्न विषयमा बोल्ने क्रम चल्यो, त्यसक्रममा कक्षा १० का आविष्कारले बोल्न हलको माहोल नै अर्कै भयो, ‘फर्किएर अर्को दिन मैले त्यो क्लिपमात्र सुरुमा पेजमा अपलोड गरेको थिएँ, केही समयमै त्यो भाइरल हुन थाल्यो ।’

Photo of the Remarkables mountain range in Queenstown, New Zealand.

बरालले सुरुमा राउतले मन्तव्य दिएको भाषण ‘विन्जु मिडिया कर्नर’ नामक आफ्नो पेजमा अपलोड गरेका थिए । उक्त पेजमा राखिएको भिडियो यो समाचार तयार गर्दासम्म ८ लाख ४६ हजारभन्दा बढीले हेरिसकेका छन् । ‘बिर्तामोड झापा’ नामक पेजमा ३१ लाखले यो भिडियो हेरेका छन् । ‘यो पनि बिर्तामोडकै साथीहरूले चलाउनु भएको पेज भएकाले उहाँहरुले माग्नुभयो र मैले दिएको थिएँ’, उनले थपे, ‘पछि अरु थुप्रैले डाउनलोड गरेर आफू अनुकूल अपलोड गर्नुभयो ।’

आविष्कारका अनुसार, विद्यालयको अन्तिम वर्ष भएकाले उनलाई शिक्षकहरूले वार्षिकोत्सवमा केही प्रस्तुति दिन भनेका थिए । पछि उनले आफ्नो पेजमा विद्यालयको कार्यक्रमको पूरा भिडियो पनि राखेका छन् । त्यसमा अरु कक्षामा पनि पढ्नेले विद्यार्थीले पनि आ–आफ्नो विषयमा बोलेका देखिन्छ । आविष्कारको बोल्दा चाहिँ उनको प्रस्तुतिको शैलीका कारण हलमा उपस्थित धेरैले हुटिङ गरेको सुनिन्छ । राउतले यसरी दिएको भाषणलाई भारतीय सञ्चारमाध्यमहरूले हिटलरसँग तुलना गर्दै प्राथमिकताका साथ समाचार लेखेका छन् ।

Photo of the Remarkables mountain range in Queenstown, New Zealand.

भारतको आर्थिक अखबार ‘द इकोनमिक टाइम्स’ले नेपाली विद्यार्थीले स्कुलमा राखेको मन्तव्यको भिडियो भाइरल भएको भन्दै लेखेको छ । त्यसमा उनको भाषणलाई धेरैले जर्मनका क्रुर शासक एडल्फ हिटलसँग तुलना गरेको उल्लेख गरिएको छ । यस्तै भारतको अर्काे अखबार दैनिक जागरणले नेपाली विद्यार्थीको भाषणलाई किन हिटलरसँग तुलना भइरहेको छ भनेर भिडियोसहितको सामग्री प्रकाशन गरेको छ ।

‘उनले जुन शैलीमा भाषण दिएका छन्, त्यो सुनेर सबै प्रयोगकर्ता हैरान छन्’, भनिएको छ । भारतको टेलिभिजन च्यानल एनडीटीभीले नेपालको राजनीतिक र आर्थिक चुनौतिलाई सम्बोधन गर्दै विद्यार्थीले दिएको भाषण नेपालमा राजतन्त्रको पक्षमा आन्दोलन भइरहेका बेला भाइरल भएको उल्लेख गरेको छ ।

भारतको द इन्डियन एक्सप्रेसले पनि विद्यार्थीले बेरोजगारी र भ्रष्टाचारबारे दिएको मन्तव्य हिटलरसँग तुलना गर्दै सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले सेयर गरिरहेको उल्लेख गरेको छ । उसले यो चार्ली च्याप्लिनको प्रसिद्ध भाषण ‘द ग्रेट डिक्टेटर’ बाट प्रेरित भएको भन्दै एक प्रयोगकर्ताले दिएको टिप्पणीलाई समेत समाचारमा समावेश गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *