>

अहिले नै ८४ को चर्चा गर्ने सुविधा छैन : गगन थापा

काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री गगन कुमार थापाले देशको जिम्मेवारी लिनुपर्ने भएकाले अहिले नै २०८४ सालको चर्चा गर्ने सुविधा काँग्रेसलाई नभएको बताएका छन् ।

पाल्पाको पूर्वखोलामा बुधबार आयोजित कार्यक्रममा महामन्त्री थापाले अन्य दलले २०८४ पछि देश बनाउने भनिरहेको बताए । काँग्रेसले अहिलेको जिम्मेवारी लिनुपर्ने बताएका हुन् ।

Photo of the Remarkables mountain range in Queenstown, New Zealand.

‘अनि ८१/८२/८३ मा देश नबनाएर के गरेर बस्ने त अब ? संविधान बनाउनु पनि छैन । प्रजातान्त्रिक व्यवस्था पुनर्स्थापना गर्नु पनि छैन,’ थापाले भने, ‘कुनै आन्दोलन गर्नु पनि छैन । यो तीन वर्षको समय भनेको कम समय हो ?’

बीपी कोइरालाले १८ महिना मात्रै सरकार चलाउन पाएको स्मरण गरे । अबको चुनावमा जाँदा जितेका स्थानमा घोषणापत्र लिएर नगई यो यो काम गरेँ भनेर जानुपर्ने बताए ।

Photo of the Remarkables mountain range in Queenstown, New Zealand.

आम नागरिकले विकास भएको भने पनि अपेक्षित नभएको बताइरहेको तर केहीले भने ‘केही पनि भएको छैन’ भनी रुवाबासी सुरु गरेको बताए । शिक्षा र स्वास्थ्यमा सरकारको जिम्मेवारी हुनुपर्ने र अन्य क्षेत्रमा निजी क्षेत्रमा काम गर्ने वातावरण बनाइदिनुपर्ने थापाले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *