काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा भारत जाने भएका छन् । इण्डिया फाउण्डेसनले प्रयागराजमा आयोजना गर्न लागेको ‘कुम्भ ग्लोबल समिट अन डेभलपमेन्ट एण्ड सस्टेइनबेलीटी’ मा सहभागी हुन देउवा देउवा भारत जान लागेका हुन् ।
कुम्भ ग्लोबल समिट प्रयागराजमा शुक्रबार र शनिबार हुने छ । देउवा बिहीबार नै त्यसतर्फ जाने बुढानिलकण्ठ स्रोतले बतायो । देउवा वक्ता रहेको समिटिमा उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथसमेत सहभागी हुँदैछन् ।
समिटमा सहभागी भएपछि देउवा महाकुम्भ मेलामा सहभागी भई गंगा स्नान गर्ने बुझिएको छ । १४ फागुनमा कुम्भ मेला सकिँदैछ । कांग्रेस महामन्त्री गगन थापा, नेता अर्जुननरसिंह केसी, प्रवक्ता डा.प्रकाशशरण महतलगायत दर्जनौं कांग्रेस नेता कुम्भ मेलामा सहभागी भएर गंगा स्नान गरेका छन् ।