काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालको केन्द्रीय समिति बैठकको मिति परिवर्तन भएको छ । यसअघि फागुन १८, १९ र २० गते काठमाडौँमा बस्नेगरी बोलाइएको बैठकको मिति परिवर्तन गरी एक दिन अघि सारिएको हो ।
प्रचार प्रसार तथा प्रकाशन विभाग प्रमुख पूर्ण बस्नेतले समय परिवर्तन गरी फागुन १८, १९ र २० गते काठमाडौँमा बस्नेगरी पार्टीको केन्द्रीय समितिको बैठक आह्वान गरिएको जानकारी दिए । बैठकमा भदौदेखि पार्टीले सञ्चालन गरेको ‘जनतासँग जसपा नेपाल, आधारभूत संगठन निर्माण अभियान’को समीक्षा हुनेछ ।
यस्तै, पालिका समितिको जिम्मेवारीमा खटाइएका केन्द्रीय अभियन्ताहरूले आ–आफ्नो कार्यक्षेत्रमा भएका कार्यप्रगति विवरणको प्रतिवेदन प्रस्तुत गर्ने जसपाले जनाएको छ । वर्तमान राजनीतिक परिस्थिति र पार्टीको संगठनात्मक कार्ययोजनालगायत एजेन्डामा बैठक केन्द्रित हुने बस्नेतले जानकारी दिए ।