>

१३ वर्षीया बालिकामाथि सामूहिक बलात्कार

कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिका–२ मा १३ वर्षीया बालिका सामूहिक बलात्कारमा परेकी छन् । कक्षा ४ मा अध्ययनरत ती बालिकामाथि शनिबार सामूहिक बलात्कार भएको कैलाली प्रहरी प्रवक्ता (डीएसपी) कबीन्द्रसिंह बोहराले जानकारी दिए । उनका अनुसार बलात्करमा संलग्न दुईजना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा बर्दगोरिया–३ का ४४ वर्षीय गोपाल विक र १६ वर्षीय एक किशोर छन् । स्थानीय व्यापारी गोपालले बालिकालाई मासु पकाएर ल्याउन लगाएका थिए । पकाएर मासु लिएर गएका बेला बालिकामाथि गोपाल र किशोरले कोठा बन्द गरेर बलात्कार गरेको खुल्न आएको डएसपी बोहराले बताए ।

पीडित परिवारले घटनाबारे आइतबार जानकारी दिए लगत्तै इलाका प्रहरी कार्यालय बौनियाको टोलीले दुवैलाई पक्राउ गरेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *