>

ऐश्वर्या राय बच्चनको कार दुर्घटना

मुम्बई, १४ चैत । बलिउड फिल्म इन्डस्ट्रीकी अभिनेत्री तथा करोडौं मनको मुटु ऐश्वर्या राय बच्चनको कार हालै दुर्घटनाको सिकार बनेको छ । मुम्बईमा दिउँसो उनको कार दुर्घटनामा परेको हो । । ऐश्वर्या राय बच्चनको जुहुस्थित घर नजिकै बेस्टको बस र उनको कार एक आपसमा ठोक्किएको हो ।

यद्यपि यो दुर्घटना धेरै ठूलो थिएन र टक्कर भने सामान्य थियो। यसबाहेक दुर्घटना हुँदा ऐश्वर्या कारमा उपस्थित नभएको पनि अहिले खुलेको छ । अभिनेत्रीका फ्यानहरु उनको स्वास्थ्यलाई लिएर चिन्तित थिए तर अहिले उनी पूर्णरुपमा सकुशल छिन् भन्ने खुले पछि खुसी भएका छन् ।

Photo of the Remarkables mountain range in Queenstown, New Zealand.

रिपोर्टका अनुसार ऐश्वर्या राय बच्चनको १.५ करोड भारुको महँगो कार सिल्वर टोयोटा वेलफेयरलाई मुम्बईको जुहुमा सडकमा रहेको बेस्ट बसले ठक्कर दिएको थियो । राहतको कुरा यो थियो कि ठक्कर एकदमै सामान्य थियो र अभिनेत्रीको कारमा कुनै क्षति भने भएन ।

तर जबदेखि यो खबर बाहिरियो, प्रशंसकहरू अभिनेत्रीको बारेमा चिन्तित थिए र कार भित्र को थियो भन्ने बारे कुनै जानकारी अझै दिइएको छैन । तर, अहिले उक्त दुर्घटना भएको कारमा ऐश्वर्या न त बच्चन परिवारका कोही सदस्य रहेको स्रोतबाट खुलासा भएको छ । यस घटनामा कुनै ठूलो क्षति वा चोटपटक रिपोर्ट गरिएको छैन। उनको कार दुर्घटनाको भिडियो भने सामाजिक सञ्जालमा भाइरल भइरहेको छ ।

Photo of the Remarkables mountain range in Queenstown, New Zealand.

Leave a Reply

Your email address will not be published. Required fields are marked *