>

चितवन अदालतले रविलाई पठायो न्यायिक हिरासत

काठमाडौं । चितवनको सहारा चितवन सहकारी ठगीको अभियोगमा थुनछेक बहस नसकिएपछि पूर्व उपप्रधान एवं गृहमन्त्री समेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई हिरासतमा पठाइएको छ ।

न्यायाधीश दयाराम ढकालको इजलासले उनलाई प्रहरीको जिम्मा लगाएउने आदेश गरेको हो । उनलाई भोलि बिहान १० बजे अदालतमा उपस्थित गराउन भनिएको छ। यसअघि थुनछेक बहस हेर्दाहेर्दैमा हुँदा कास्की र काठमाण्डू अदालतले उनलाई हिरासतमा राख्ने आदेश दिएका थिए । रुपन्देहीमा भने पत्नीको जिम्मामा पठाइएको थियो । यी तीनवटै अदालतबाट उनी धरौटीमा रिहा भएका थिए ।

चितवनमा रविसहित ३२ जनालाई प्रतिवादी बनाउँदै मंगलबार दोस्रो चरणको अभियोगपत्र दर्ता भएको थियो । अभियोग दर्ता भएको भोलिपल्टै उनी अदालतमा हाजिर भएका थिए। यस मुद्दाका अरू धेरै प्रतिवादी फरार छन् । केही थुनामा भए पनि थुनछेक बहस रविबाटै सुरु भएको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *