>

यी हुन् नेपाल आउजाउ गर्ने यात्रुले ल्याउन र लैजान पाउने सामान

काठमाडौँ । सरकारले भारतीय पर्यटकलाई स्थलमार्गबाट ५ हजार डलर बराबर मुद्रा लिई नेपाल आउने बाटो खुला गरेको छ ।

राजपत्रका सूचना प्रकाशित गर्दै सरकारले हवाई मार्ग वा स्थलमार्गबाट नेपाल प्रवेश गर्ने यात्रुले ५ हजार अमेरिकी डलर बराबरको नेपालमा विनिमय हुने कुनै पनि विदेशी मुद्रा वा धारक विनिमय अधिकार पत्र (ट्राभलर्स चेक) साथमा ल्याउन पाउने गरी व्यवस्था गरेको हो ।

Photo of the Remarkables mountain range in Queenstown, New Zealand.

यसअघि भारतीय पर्यटकले २५ हजार भारतीय रुपैयाँ मात्र ल्याउन पाउथे । अन्य मुलुकका पर्यटकको हकमा भने यसअघि पनि ५ हजार डलरको सुविधा उपलब्ध थियो । सो भन्दा बढी ल्याउनु परेमा भन्सार बिन्दुमा घोषणा गरी ल्याउन सक्ने समेत सूचनामा उल्लेख छ ।

विदेशबाट फर्केका नेपाली यात्रुको हकमा भने यसअघि र नयाँ प्रावधानमा परिवर्तन भएको छैन ।

Photo of the Remarkables mountain range in Queenstown, New Zealand.

नेपालमा स्थायी बसोबास गर्ने नेपाली नागरिक विदेशमा गई नेपाल फर्कँदा व्यक्तिगत प्रयोगका लागि आफ्नो साथमा ल्याएको प्रयोग गरेको लुगाफाटो, घर गृहस्थीका पुराना सामान र औषधिमा महसुल लाग्दैन ।

आफूले प्रयोग गरेका ट्याब्लेट, ल्यापटप वा डेस्कटप, घडी, क्यामरा, भिडियो क्यामरा र फोन एक एक थान समेत महसुल नतिरि ल्याउन सकिने प्रावधान राखिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *