>

दैलेखमा भेटियो पेट्रोलियम पदार्थ, ब्यावसायिक उत्खनन हुने

काठमाडौं । नेपालमा पेट्रोलियम पदार्थ पत्ता लागेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले दैलेखको भैरवी गाउँपालिकामा पेट्रोलियम पदार्थ पत्ता लगाएको जानकारी दिएका हुन् । 

जसको नमुना परिक्षण गरी ब्यवसायिक उत्खनन गरिने उनले जानकारी दिएका छन । ‘दैलेख भैरवी गाउँपालिका–१ स्थित जलजलेमाकुलमा ४ हजार २ मिटर गहिराइसम्म उत्खनन गरी पेट्रोलियम पदार्थको नमुना (स्याम्पल) निकालिएको छ,’ प्रधानमन्त्री ओलीले भने, ‘अब यसलाई प्रयोगशालामा परीक्षण गरी व्यवसायिक उत्खननको कामलाई अघि बढाइने छ।’ 

Leave a Reply

Your email address will not be published. Required fields are marked *