>

राजावादीको बैठकमा माइक खोसाखोस, बैठकमा लिङ्देन गएनन

काठमाडौं । वर्तमान व्यवस्था विरोधी राजावादीहरुको समूह ‘संयुक्त जनआन्दोलन समिति’को आज (बुधबार) को बैठकमा सहभागीबिच माइक खोसाखोस भएको छ ।

बोल्ने क्रममा एकापसमा माइक खोसाखोस भएपछि राजधानीको सुकेधारास्थित नवदुर्गा पार्टी प्यालेसमा बसेको बैठक प्रभावित भएको थियो । बुधबारको बैठकमा सहभागी राप्रपाका एक नेताका अनुसार ४४ राजावादी तथा हिन्दुवादी संघ संगठनका प्रतिनिधिसहितको बैठक भएकाले सहभागी खचाखच रहेका थिए ।

Photo of the Remarkables mountain range in Queenstown, New Zealand.

बैठकमा सहभागी धेरै भएको तर, बोल्न सबैलाई उपलब्ध नभएपछि उनीहरूले बोल्न समय माग गर्दै माइक खोसाखोस गर्न थालेपछि अवस्था असहज बनेको स्रोतले जानकारी दिएको छ ।

जसका कारण दोस्रो चरणको आन्दोलन तय गर्ने भनिएको बैठकले कुनै ठोस निर्णय गर्न सकेन । बैठक असहज बनेसँगै राजावादी समूहका शीर्ष नेताहरू बैठक हलबाट बाहिरिएका छन् ।

Photo of the Remarkables mountain range in Queenstown, New Zealand.

अब सीमित नेताहरू कुनै ठाउँमा बैठक बसेर आन्दोलनका कार्यक्रम सार्वजनिक गर्ने ती नेताको भनाइ छ । बैठकमा राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनको भने सहभागि भएका थिएनन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *