इजरायलले इरानविरुद्ध आक्रमण थालेको छ । आक्रमणको निशाना इरानको परमाणु कार्यक्रम र लामो दूरीको मिसाइल क्षमतालाई बनाएको छ ।
इजरायली सेनाका अधिकारीले इरान भरका दर्जनौँ केन्द्रहरूलाई निशाना बनाइएको बताएका छन् । इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले इजरायलले परमाणु वैज्ञानिकहरूले बताएको नतान्जमा रहेको इरानको मुख्य परमाणु विकास संरचना र इरानको ब्यालिस्टिक मिसाइललाई निशाना बनाएको बताएका हुन् ।
अमेरिकी विदेशमन्त्री मार्को रुबियोले यो हमलामा अमेरिकी संलग्नता वा सहयोग नभएको बताएका छन् । इरानी प्रत्याक्रमणको आशंकामा इजरायलले आपतकालीन अवस्था घोषणा गरेको छ । इजरायलले इरानमा गरेको हमलापछि इरानले प्रतिशोध गर्ने आशंकामा विद्यालय, सामाजिक सभा र गैरआवश्यक कार्यमा प्रतिबन्ध लगाएको छ ।
इजरायलले इरानविरुद्ध हमला गर्दा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मन्त्रिपरिषद् बैठक बोलाएका छन् । अमेरिकी अधिकारीहरू खतरा बढ्दै गएको देखेपछि हमलाअघि नै ट्रम्पले यो उच्चस्तरीय बैठक बोलाएका हुन् ।