काठमाडौँ । काँग्रेसकी सांसद माया राईलाई थप पाँच दिन थुनामा राखेर अनुसन्धान गर्न जिल्ला अदालतका काठमाडौँले अनुमति दिएको छ।
उनलाई कालिमाटीस्थित स्वर्णलक्ष्मी बचत तथा ऋण सहकारी संस्थाको रकम अपचलन गरेको अभियोगमा वैशाख १३ गते पक्राउ गरिएको थियो।
सहकारी ठगी र संगठित अपराधको कसुरमा पक्राउको अनुमति हुँदा पनि उनी फरार रहँदै आएकी थिइन्। राई स्वर्णलक्ष्मी सहकारीको सञ्चालक समितिमा रहेर सहसचिव पदमा कार्यरत थिइन्।
राईसहितले ६९० बचतकर्ताको १ अर्ब १९ करोड ३० लाख ९० हजार ४९३ रुपैयाँ हिनामिना गरेको आरोप छ । उनी जनजाति कोटाबाट काँग्रेसको केन्द्रीय सदस्य पनि हुन्।