>

नेसपाको महाधिवेशनमा बाबुराम भट्टराईको प्रतिवेदनमा छलफल हुँदै

काठमाडौं । नेपाल समाजवादी पार्टी नयाँ शक्ति को जारी महाधिवेशनमा बन्दसत्र आजदेखि जारी रहनेछन ।

आईतबारवाट नेपाल प्रज्ञा प्रतिष्ठानमा सुरु भएको महाधिवेशनमा बन्दसत्रमा संयोजक डा.बाबुराम भट्टराईको राजनीतिक प्रतिवेदनमाथि छलफल हुन लागेको हो । नेसपा नयाँ शक्ति महाधिवेशन आयोजक समिति विघटन गरी पाँच जनाको अध्यक्ष मण्डल गठन गरिएको छ ।

अध्यक्ष मण्डलमा भक्तबहादुर शाह, दुर्गा सोब, सिर्जना रिजाल, महेन्द्र श्रेष्ठ र चिनक कुर्मी रहेका छन् । ३२ पृष्ठको राजनीतिक प्रतिवेदनमा डा.भट्टराईले वैकल्पिक नयाँ शक्ति निर्माणका लागि वैचारिक र साङ्गठनिक आधारहरू प्रस्तुत गरेका छन् । प्रतिवेदनको शीर्षक नयाँ युगको नयाँ कार्यभार ः वैकल्पिक शक्तिको औचित्य र आधार रहेको छ ।

भट्टराईले देशमा वैकल्पिक राजनीतिको औचित्य नसकिएको बताएका छन । वैकल्पिक शक्ति बनाउन नयाँ दलहरूबीच सहकार्य गर्दै अघि बढ्न उनको आग्रह छ । महाधिवेशन नयाँ नेतृत्व चयन गर्दै २९ गते सकिने पार्टीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *