>

यसै सातादेखि पाइप लाइनबाट पेट्रोल आयात हुने

काठमाडौं । पाइप लाइनबाट पेट्रोल आयात यसै सातादेखि हुने भएको छरु। यसअघि डिजेल मात्र आयात हुने गरेकोमा अब पाइप लाइनबाट पेट्रोल र मटितेल आयात गर्न लागिएको हो ।

नेपाल आयल निगमले भारतको मोतीहारीदेखि बाराको अमलेखगन्जसम्म पाइप लाइनबाट डिजेलसँगै पेट्रोल र मटितेल ल्याउन लागेको होरु। गत जनवरीदेखि नै पाइप लाइनबाट पेट्रोल ल्याउने भनिए पनि परीक्षणकै क्रममा रहेकाले ल्याउन ढिलाइ भएको निगमले जनाएको छ ।

कार्यालयले यसअघि पाइप लाइनबाट पेट्रोल आयात गरी सफल परीक्षण भएपछि नियमित रूपमा आयात गर्न लागेको होरु। मोतीहारीदेखि पाइप लाइनबाट आयात गरिएको पेट्रोल अमलेखगन्जमा भण्डारण गरेर पोखरा, जनकपुर र विराटनगरमा आपूर्ति गर्ने तयारी छ ।

पाइप लाइनबाट आयात गरिएको पेट्रोल भण्डारण गर्न तीन वटा ट्याङ्की निर्माण गरिएको छरु। जसमा १७ हजार ४९० किलोलिटर पेट्रोल भण्डारण क्षमता रहेको छरु। हाल अमलेखगन्जबाट दैनिक पाँच सय किलोलिटर पेट्रोल खपत हुने गर्छ । निगमले २०७६ देखि पाइप लाइनमार्फत डिजेल आयात गरिरहेको छ ।

हाल पाइप लाइनबाट ल्याइएको डिजेल अमलेखगन्जमा भण्डारण गरी थानकोट, विराटनगर, जनकपुर, भैरहवा र पोखरामा वितरण भइरहेको छरु। पाइप लाइनबाट पेट्रोल ल्याउँदा प्रतिलिटर १.५० पैसा मूल्य ढुवानी रकम बचत हुने निगमले जनाएको छ।

हाल बरौनीबाट दैनिक १४ लाख लिटर पेट्रोल ट्याङ्रबाट आयात भइरहेको छ । पाइप लाइनबाट पेट्रोल आयात गर्दा मासिक पाँचदेखि छ करोड रुपियाँ र वार्षिक ६० देखि ७० करोड रुपियाँ ढुवानी रकम बचत हुने निगमले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *