काठमाडौं । राजावादीहरूले आज पनि आन्दोलनलाई निरन्तरता दिने भएका छन् । बिहीबारदेखि काठमाडौं केन्द्रित आन्दोलनले आज पनि निरन्तरता पाउने भएको हो । रत्नपार्क, शान्तिबाटिका केन्द्रित आन्दोलन आज मध्यान्हवाट नै शुुरु हुने नेताहरुले बताएका छन ।
बिजुली बजार काठमाडौंबाट पनि प्रदर्शन गर्ने राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को तयारी छ । राजावादीहरुले राजतन्त्र र हिन्दू राज्य पुनर्स्थापनाको माग गर्दै गणतन्त्र दिवसकै दिन पारेर अनिश्चितकालीन आन्दोलनको घोषणा गरेका हुन् । राजतन्त्र र हिन्दू राज्य नेपाल कायम नभएसम्म आन्दोलन जारी रहने उनीहरुको भनाई छ ।
दुर्गा प्रसाइ नेतृत्वको अभियान भने राप्रपा नेतृत्वमा सहभागी नहुने भन्दै शुक्रबारबाट माइतीघर केन्द्रित हुने जनाएको छ ।