>

सशस्त्रको एआईजीमा ठाडामगर सिफारिस

काठमाडौं । सशस्त्र प्रहरी बल (एपीएफ) को अतिरिक्त महानिरीक्षक (एआईजी) मा डिआईजी गणेशबहादुर ठाडा मगर सिफारिस भएका छन् ।

बढुवा समितिको बैठकले बिहीबारको बैठकले ठाडालाई एआईजी बढुवा सिफारिस गरेको हो । एआईजी चन्द्रप्रकाश गौतमको ३० वर्षे सेवा अवधिका कारण गत २ वैशाखमा अवकाश भएपछि रिक्त पदमा सत्तारुढ काँग्रेस र एमालेबीच भागबण्डा नमिल्दा लामो समयसम्म बढुवा सिफारिस हुन सकेको थिएन ।

Photo of the Remarkables mountain range in Queenstown, New Zealand.

ठाडासहित डिआईजीहरू कमल गिरी, शम्भु सुवेदी, कुलबहादुर नेम्वाङ, कुमार न्यौपाने, कालीदास धौबजी, लक्ष्मण सिंह, प्रदीपकुमार पाल, सुरेश श्रेष्ठ र अञ्जनीकुमार पोखरेल एआईजी बढुवाको दौडमा दिए ।

बढुवा समितिले १४ वैशाखमा आवेदन खुलाएपछि सबै आकांक्षीले आवेदन दिएका थिए ।

Photo of the Remarkables mountain range in Queenstown, New Zealand.

Leave a Reply

Your email address will not be published. Required fields are marked *