थिम पोस्टर सार्वजनिक गर्दै केही दिन अघि निर्माण घोषणा गरिएको साइकोलजिकल थ्रिलर चलचित्र ‘द ब्ल्यू लाइट’मा अभिनेता अर्पण थापा प्रमुख भूमिकामा अनुबन्धित भएका छन्।
यो चलचित्र बलिराम चौहानको निर्देशनमा बन्नेछ, जसले चर्चित चलचित्र ‘बलिदान’मा लेखक तथा मुख्य सहायक निर्देशकको भूमिका निभाएका थिए। स्काइफल पिक्चर्सको प्रस्तुति रहने चलचित्रको छायांकन जेठ २१ गतेदेखि सुरु हुने बताइएको छ, जसको छायांकन नरेन्द्र मैनालीले गर्नेछन्। रमन ग्रे को–प्रोडुसर रहने यस फिल्मको निर्देशन चौहानको डेब्यु हुनेछ।
मंगलवार सार्वजनिक गरिएको थिम पोस्टरले चलचित्रको रहस्यमय र मनोवैज्ञानिक पृष्ठभूमिको संकेत दिएको छ। निलो रङले भरिएको वातावरणमा उभिएकी बालिकाको रहस्यमय मुद्राले फिल्मको थ्रिलर शैली झल्किन्छ।
निर्देशक चौहानले चलचित्रको कथावस्तु तथा अन्य कलाकारहरूको विवरण हाललाई गोप्य राखेका छन् भने चाँडै सम्पूर्ण कलाकारहरूको नाम सार्वजनिक गरिने जानकारी दिएका छन्। ‘द ब्ल्यू लाइट’ सन् २०२५ भित्रै प्रदर्शनमा ल्याइने निर्माण पक्षले जनाएको छ।
https://shorturl.fm/N6nl1
https://shorturl.fm/6539m
https://shorturl.fm/5JO3e