काठमाडौं । यस वर्षको मनसुन तेह्र दिन अगावै नेपाल भित्रने भएको छ । प्री मनसुनले मनसुन भित्रनका लागि राम्रो वातावरण बनाएसँगै नेपालमा छिट्टै मनसुन भित्रन लागेको जल तथा मौसम विज्ञान विभागले जानकारी दिएको छ ।
अबको दुई दिनभित्र नेपालमा मनसुन भित्रने विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । भारतको आसाम र नेपालको नजिक मनसुनी जलवाष्पसहितको न्यूनचापीय प्रणालीको प्रवेश भइसकेको छ ।
त्यस्तै, बङ्गलादेश र भुटानका पूर्वी भेगमा मनसुन फैलिसकेको छ । नेपालमा मनसुन भित्रने सरदर मिति जुन १३ तारिख हो । भूउपग्रह, वायुमण्डलीय र मौसम मोडेलबाट प्राप्त सूचना अनुसार पनि अबको दुई दिनभित्र नेपालमा मनसुन भित्रने तय रहेको महाशाखाले प्रस्ट पारेको छ ।
मनसुनको शुरुवातको सङ्केत गर्दै बिहीबार रातिदेखि नै नेपालका विभिन्न भू–भागमा बदलीसँगै राम्रो वर्षा हुने पूर्वानुमान महाशाखाले गरेको छ । यस वर्षको मनसुनमा देशव्यापी रूपमा विगतको भन्दा अधिक वर्षा हुने प्रक्षेपण गरिएको छ ।
देशभरका चार लाख ५७ हजार घरपरिवारका करिब २० लाख मानिस बाढी, पहिरो, भारी वर्षा, डुबानलगायतबाट प्रभावित हुने प्रक्षेपण गरेको हो । गत वर्ष पनि अधिक वर्षा हुने पूर्वानुमान गरिए पनि समयमा उद्धार गर्न कठिनाइ भएको थियो ।
https://shorturl.fm/9fnIC
https://shorturl.fm/A5ni8