>

जसपा नेपालको अभियान जारी रहने

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालको सङ्गठन निर्माण अभियान जारी रहने भएको छ । पार्टीका प्रचार प्रसार तथा प्रकाशन विभाग प्रमुख पूर्ण बस्नेतले पार्टीले वैशाख मसान्तसम्म सञ्चालन गर्ने भनि तय गरेको ‘जनतासँग जसपा नेपाल, आधारभूत सङ्गठन निर्माण अभियान’ ले निरन्तरता पाउने बताएका हुन् ।

‘अभियानले पार्टीमा नयाँ उर्जा र उत्साह थपेको छ । वैशाख मसान्तसम्म स्थानीय तहअन्तर्गत अधिकांश वडा समिति, पालिका समिति, जिल्ला समिति र भ्रातृसङ्गठनहरुको अधिवेशन सम्पन्न भएका छन् । कतिपय स्थानीय तह तथा पहिचानमा आधारित राष्ट्रिय समिति र प्रदेश समितिको अधिवेशन सम्पन्न गर्ने कार्य बाँकी रहेकोले अभियानले निरन्तरता पाउने छ,’ बस्नेतले भने ।

Photo of the Remarkables mountain range in Queenstown, New Zealand.

अभियानको यस अवधिमा विभिन्न तहका पार्टी समितिको अधिवेशन, पार्टी प्रवेश, अन्तरक्रिया, प्रशिक्षण, भेला, पार्टी सदस्यता नवीकरण तथा वितरणका कार्यहरु गरिएको उनले बताए ।

जसपा नेपालले गत भदौ महिनादेखि पार्टीका सम्पूर्ण केन्द्रीय समिति सदस्यहरुलाई पालिका (नगरपालिका र गाउँपालिका) समितिको जिम्मेवारीमा खटाइ सङ्गठन विस्तार अभियान चलाएको थियो । पार्टीका केन्द्रीय कार्यकारिणी समिति सदस्यहरुलाई अनुगमनको जिम्मेवारी दिइ सञ्चालन गरिएको अभियानबारे थप निर्णय पार्टीको बैठकले गर्ने बताइएको छ ।

Photo of the Remarkables mountain range in Queenstown, New Zealand.

Leave a Reply

Your email address will not be published. Required fields are marked *