>

हावाहुरीका कारण ३ जनाको मृत्य, ३ जना घाइते

नवलपरासी । हावाहुरीका कारण कपिलवस्तु र नवलपरासी गरी तीन जनाको मृत्यु भएको छ । शुक्रबार अचानक चलेको हावाहुरीले रूख ढल्दा नवलपरासीको सुनवलमा दुई जना र कपिलवस्तुमा एक जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

पश्चिम नवलपरासीको सुनवल नगरपालिका ७ चारपालामा हावाहुरीले रुख ढलेर च्यापिँदा सडक प्रतीक्षालयमा बसेका ३० वर्षीया मीरा बयम्बु र ४० वर्षीय दुर्गाबहादुर पुनको मृत्यु भएको प्रहरीले जनाएको हो । घटनामा स्थानीय नरमति परियार, अनिल थापा र दुर्गेश्वरा खाम्चा मगर घाइते भएका छन् । घाइतेहरूको रूपन्देहीको भलुहीस्थित देवदह मेडिकल कलेजमा उपचार भइरहेको छ ।

Photo of the Remarkables mountain range in Queenstown, New Zealand.

यस्तै, कपिलवस्तुको कपिलवस्तु नगरपालिका वडा नम्बर ८ मैनिहवामा आँपको रूख ढलेर च्यापिँदा एक बालिकाको मृत्यु भएको छ । हावाहुरीका कारण आँपको रूख ढलेर च्यापिँदा स्थानीय १४ वर्र्षीया सुखना केवटको मृत्यु भएको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *