काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गभर्नर नियुक्तिमा ढिलाइको कारण गठबन्धन नभई राष्ट्र बैंकभित्रको आन्तरिक समस्या रहेको बताएका छन् ।
मंगलबार पार्टी कार्यालयमा आयोजित कार्यक्रममा देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीका कारण नियुक्ति ढिला भएको भन्ने चर्चा अस्वीकार गर्दै, गठबन्धनमा कुनै मतभेद नभएको स्पष्ट पारे ।
उनको भनाइ अनुसार गभर्नर नियुक्तिमा अब सहमति भइसकेको र प्रक्रिया अघि बढ्नेछ ।