>

राजालाई जनमत र आन्दोलन नभई छलकपटबाट हटाइएको हो : ज्ञानेन्द्र शाही

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञान बहादुर शाही (ज्ञानेन्द्र)ले राजसंस्थालाई जनमत वा आन्दोलन नभई छलकपटबाट हटाइएको आरोप लगाएका छन् ।

प्रतिनिधि सभाको मंगलबारको बैठकमा उनले पूर्वराजा ज्ञानेन्द्रलाई बाघको संज्ञा दिँदै भने, “रङ मिल्यो भन्दैमा बिरालो बाघ हुन सक्दैन।”

Photo of the Remarkables mountain range in Queenstown, New Zealand.

उनले अहिलेको संविधान र व्यवस्था विदेशीको डिजाइन भएको दाबी गर्दै १२ बुँदे सहमति, नेताहरूको भारतमा लुकाइने अवस्था, र भारतीय नेताहरूका अभिव्यक्तिलाई प्रमाणका रूपमा प्रस्तुत गरे ।

“यो संविधान भारतले ल्याइदिएको हो,“ उनले भने, “राष्ट्रवादी भनेको राष्ट्रवादी नै हो, बाघ बुढो भए पनि बाघै हो।” शाहीले कसैको राजनीतिक आस्थामाथि प्रश्न उठाउनु गलत भएको बताए ।

Photo of the Remarkables mountain range in Queenstown, New Zealand.

Leave a Reply

Your email address will not be published. Required fields are marked *