>

बामपंथी नेता प्रदीप नेपालको निधन

काठमाडौं । वामपंथी नेता एवं पूर्वमन्त्री प्रदीप नेपालको निधन भएको छ ।

नेपालको ७१ वर्षको उमेरमा आज थापाथली स्थित नर्भिक अस्पतालमा उपचारका क्रममा निधन भएको हो । लामो समयदेखि उनी पार्किन्सन रोगबाट ग्रसित रहेका थिए । उनी केही दिन अघि नर्भिक अस्पतालमा भर्ना भएका थिए । तर सोमबार नेपालको स्वास्थ्य अवस्था बिग्रिएपछि आईसीयू (सघन उपचारकक्ष) मा सारेर उपचार गरिएको थियो । नेपालको केहीबेर अघि उपचाररत रहेकै अवस्थामा निधन भएको नर्भिक अस्पताल स्रोतले जनाएको छ ।

Photo of the Remarkables mountain range in Queenstown, New Zealand.

नेपाल २०५१ सालमा मनमोहन अधिकारीको सरकारमा नेकपा एमालेका तर्फबाट शिक्षा मन्त्री रहेका नेपाल पछिल्लो समय भने राजनीतिमा सक्रिए थिएनन् । नेपाल साहित्यकारका रुपमा समेत परिचित छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *