>

एमाले धनुषाको अधिवेशनमा झडप हुँदा ५ जना घाइते

जनकपुरधाम । नेकपा एमाले धनुषाको ८औं जिल्ला अधिवेशन तनावपूर्ण बनेको छ । उम्मेदवारको अन्तिम नामावलीमा विवाद भएपछि भोला यादव र लक्ष्मीनारायण यादव पक्षबीच झडप भएको हो ।

झडपमा नेतासहित पाँचजना घाइते भएका छन् । सत्यनारायण महासेठ र महेश दासको टाउको फुटेको छ । नामावलीमा नाम थपघट भएको भन्दै विवाद चर्किएपछि कुर्सी प्रहारसमेत भएको थियो ।

Photo of the Remarkables mountain range in Queenstown, New Zealand.

सर्वसम्मत प्रयास असफल भएपछि चुनावी प्रक्रिया अघि बढाइएको हो । अध्यक्षमा भोला यादव र लक्ष्मीनारायण यादव, उपाध्यक्षमा जयप्रकाश सुनरैत यादव र तेजनारायण यादव लगायत अन्य पदमा पनि उम्मेदवारी परेको छ ।

१३५ सदस्यीय जिल्ला कमिटी चयनका लागि बिहान ८ः३० बजेबाट मतदान शुरु हुने भनिए पनि विवादका कारण प्रक्रिया स्थगित भएको छ ।

Photo of the Remarkables mountain range in Queenstown, New Zealand.

Leave a Reply

Your email address will not be published. Required fields are marked *