काठमाडौं, १० बैशाख । भारतको जम्मु काश्मिरमा भएको आतंकवादी हमलाको नेपालले निन्दा गरेको छ ।
एक नेपालीसहित २६ पर्यटक जम्मु काश्मिरको पहलगाममा भएको हत्या भएको भोलीपल्ट नेपालले निन्दा गरेको हो ।
‘पहलगाममा भएको आतंकवादी हमलाका पीडितहरूप्रति गहिरो समवेदना, नेपाल भारतको साथमा दृढताका साथ खडा छ र कुनै पनि र सबै आतंकवादी कार्यको कडा निन्दा गर्दछ,’ प्रधानमन्त्री केपी शर्मा ओलीले भनेका छन, ‘पीडितहरूमध्ये एक नेपाली नागरिकको रिपोर्ट प्रमाणित गर्न घनिष्ठ समन्वय स्थापना गरिएको छ र आवश्यक सबै सहयोग उपलब्ध गराउने छ।’
हिजो भएको आतंकवादी हमलाको विश्वभरीवाट निन्दा भइरहेको छ ।