>

प्रमुख प्रशासकीय अधिकृत गुरागाईं रोक्न महानगर प्रहरी परिचालन

काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंलाई रोक्न महानगर प्रहरी परिचालन गरिएको छ । बिहीबार गुरागाईं महानगरपालिकाको कार्यालयमा काममा फकर्ने तयारीमा थिए । उनी काममा फर्कने भएपछि महानगर प्रहरी तैनाथ गरेर उनलाई गेटमै रोक्न खोजिएको हो ।

कमलादीस्थित महानगरपालिकामा गुरागाईंलाई नै प्रमुख प्रशासकीय अधिकृतका लागि स्वागत गर्न वडाध्यक्ष तथा कर्मचारी उपस्थित भएका छन्। तर गुरागाईंलाई रोक्न नगरप्रहरी परिचालन भएको छ।

Photo of the Remarkables mountain range in Queenstown, New Zealand.

महानगरपालिकाले भने आधिकारिक प्रक्रिया पूरा नगरी नक्सा पार गरेको भन्दै उनीमाथि छानबिन समेत गरेर जिम्मेवारीबाट हटाएको थियो । समाधानको मुख्य मियो मेयर बलेन शाह भएकाले उनी आफैं आएर यो समस्याको समाधान गर्नुपर्ने प्रदर्शनमा उत्रिएका कर्मचारीहरुको माग छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *